चितवन विशेष

५ करोडको लगानीमा भरतपुरमा खुल्यो चितवन ड्राइभिङ स्कुल

Banner

चितवन, फागुन १३–

चितवनको भरतपुर महानगरपालिका–४, लंकुमा करिव पाँच करोड रुपैयाँको लगानीमा चितवन ड्राइभिङ स्कुल संचालनमा आएको छ ।

आज (शनिबार)बाट औपचारिक रुपमा चितवन ड्राइभिङ स्कुल संचालनमा आएको हो । ड्राइभिङ स्कुलका संचालक माधव प्रसाद अधिकारीले गुणस्तरीय प्रशिक्षण विधिबाट सवारी चालक प्रशिक्षण दिन आधुनिक सुविधासहितको ड्राइभिङ स्कुल संचालनमा ल्याईएको बताए । उनले सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरि यस स्कुलले चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरेको समेत बताए ।

यस औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एक साताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक अधिकारीले जानकारी दिए । उनका अनुसार चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए ।

‘यस भन्दा अघि पांँच जनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं’ अधिकारीले भने ।

यस स्कुलमा दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए ।
अत्यधुनिक पूर्वाधार सहित यो ड्राइभिङ स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारीसहित युवाहरु राजन क्षेत्री, विवेक जंग थापा र रामनारायण घिमिरेले करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन् ।

अत्यधुनिक पूर्वाधार र सेवासहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षकद्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।
आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताएं । यस स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>