चितवन विशेष

नेकपा एमालेले प्रचण्डको अवसरबादलाई बुझ्न सकेनः देवी ज्ञवाली

Banner

भरतपुर,फागुन १२-

नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले पार्टीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसरबादलाई बुझ्न नसकेको बताएका छन् । राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने पुरानो गठबन्धनमा सहमती भएपछि फेसबुक स्टाटस मार्फत ज्ञवालीले यस्तो प्रतिकृया जनाएका हुन् । उनले नेकपा एमालेले २०७४ र २०७९ सालमा प्रचण्डको अवसरबादलाई बुझ्न नसकेको बताएका छन् ।

आज बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>