Breaking News

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने

Banner

काठमाडौँ, फागुन १२–

केहीदिन अघि आममाफी पाएर कारागारबाट छुटेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।

सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन । सांसद चौधरी रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो । सोही निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>