Breaking News

नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय, उपराष्ट्रपति जसपाबाट

Banner

काठमाडौं,फागुन ११-

बालुवाटारमा आज साँझ बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच वार्ता भएको हो। वार्तामा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, जसपाका नेता उपेन्द्र यादव र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

स्रोतका अनुसार नेकपा एमालेले राष्ट्रपतिका लागि आवश्यक मतभारमा ‘ब्याकप’ गरेपछि नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रधानमन्त्री दाहाल तयार भएका हुन्। बैठकमा सहभागी नेताहरूबीच जसपालाई उपराष्ट्रपति दिने सहमति पनि भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>