Breaking News

‘जनयुद्ध दिवस’लाई हिंसा दिवस भन्दै ओलीले भने– राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दुःखद

Banner

काठमाडौं,फागुन ११-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति दुख व्यक्त गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको उनले बताए । आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए ।

‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा,’ ओलीले भने । हिंसाको मानसिकता र हिंसाप्रति गर्वगर्ने प्रवित्तिप्रति उनले चिन्ता व्यक्त गरे । ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलार्ई राष्ट्रिय दिवस मनाउने दुखद निर्णय गर्यो ? फेरि फेरि फेरि सार्वजनिक विदा दिन सरकारको क्यालेन्डरमा नै यसलाई राख्ने काम भयो । सरकारले आकश्मिकरुपमा त्यो किन गनुपरेको हो ? आफैंले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिनामण्डन गर्नुपर्यो ? मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्र लाग्छ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>