मनोरञ्जन

‘निफ’को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित

Banner

चितवन, फागुन १०-

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन् ।

निफले आज प्रेषित गरेको विज्ञप्तिमा डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत लागि परेकी अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफ योग्य रहेकोले मनोनित गरिएको उल्लेख गरिएको छ ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अयोजना हुने छ । यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ । यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने विज्ञप्तिमा जनाइएको छ ।

‘निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदारसल्लाहकारको रुपमा कार्यरत छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>