Breaking News

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतारमा हुने, फागुन २० गते दोहा जाने तयारी

Banner

काठमाडौँ, फागुन १०–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने तयारीमा रहेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको पुष्टि गरे । उनले भने, ‘दोहामा हुने विकाससम्बन्धी एक सम्मेलनमा उहाँ जाने कुरा छ । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहने भएकाले प्रधानमन्त्रीज्यू पनि जाने तयारी छ ।’

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ । यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय हुन सकेको थिएन । राष्ट्रपति निर्वाचनलगायतका कारणले तत्काल प्रचण्डको भारत भ्रमण हुन नसकेको हो ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका बीच पनि कतार भ्रमण भने जानैपर्ने बाध्यताका कारण प्रचण्ड त्यसतर्फ प्रस्थान गर्ने तयारीमा लागेका हुन् । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ भने त्यसका लागि यही १४ गते मनोनयन दर्ताको कार्यक्रम छ । उनी फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>