चितवन विशेष

चितवनमा ‘ब्राईट स्कुल सफ्टवेयर’को सेमिनार हुने

Banner

चितवन, फागुन ९–

ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्दैछ ।

ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ‘ब्राईट स्कुल सफ्टवेयर’ बारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले जानकारी दिए ।

सेमिनार फागुन १२ शुक्रबार भरतपुर गार्डेन रिसोर्टमा हुने गौतमले जानकारी दिए । यो सफ्टवेयरहरु विद्यालय तथा क्याम्पसमा प्रयोग हुने छ ।

सेमिनारमा सरकारी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखापाललाई विद्यालयमा टेक्नोलोजी प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गराइने छ ।
विद्यालयलाई कसरी डिजिटल गराउने, विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थीलाई कसरी कनेक्ट गर्ने भनेर सिकाइने प्रालिका प्रमुख प्राविधिक अधिकृत सुमन गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>