Breaking News

लिग विजेता स्कटल्याण्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

Banner

काठमाडौँ, फागुन ९–

आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि नेपालले २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

घरेलु मैदान किर्तिपुरमा आज कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

२१३ रनको लक्ष्य पछ्याएको नेपाल ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्‍यो । कप्तान रोहित १०१ बलमा ९५ रन बनाउँदै नटआउट रहे । अलराउण्डर करन केसी ३१ रनमा नटआउट रहे ।

नेपालले १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले लक्ष्य सहजै पुरा गरेको हो । दुबैले नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे ।

यसअघि ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन बनाएर २४औं ओभरमा आउट भए । सोमपाल कामी २७औं ओभरमा २ रन बनाएर आउट भए ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>