Breaking News

काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले उद्धार गरी सिंहदरबार पुर्‍याएको होः योगेश भट्टराई

Banner

दैलेख, फागुन ९-

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा पुर्‍याएको बताएका छन्।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले उद्धार गरी सिंहदरबार पुर्‍याएको बताएका हुन्।

उनले काँग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रूपमा नमिल्ने बताए। पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको भट्टराईको दाबी छ।

भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेका वेला सचिव भट्टराईले माधव नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचिलो हुने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>