Breaking News

कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छः नेता कोइराला

Banner

सिन्धुली, फागुन ९-

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>