मनोरञ्जन
अनमोलको मुख्यभूमिका रहेको चलचित्र ‘छड्के–२’ फागुन १९ गते रिलिज हुने

काठमाडौं, फागुन ८-
अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के–२’ फागुन १९ गते रिलिज हुने छ । चलचित्रमा मुख्यभूमिका अनमोल केसीको छ ।
ग्याङस्टरको कथा भन्ने सिनेमा ‘छड्के–२’ले तीनवटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ । जसकोउद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसी हुन् । जसको शरीरभरी ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेकाअहिलेसम्म बाहिर आएका सिनेमाका कन्टेन्टले देखाएका छन् ।
निगम श्रेष्ठको निर्देशक रहेको सिनेमाका लेखक पनि उनी स्वयं हुन् । सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।
























