अन्तर्राष्ट्रिय

अपार्टमेन्टको भग्नावशेषमुनि मृत भेटिए घानाका फुटबलर आत्सु

Banner

टर्की, फागुन ७-

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका विंगर क्रिस्टियन आत्सु आफू बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेका छन्।

आत्सुका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेका बिबीसीले जनाएको छ।

फेब्रुअरी ६ मा भूकम्प जाँदा घानाका फरवार्ड बस्ने अन्तक्या-हटाए अपार्टमेन्ट भत्किएको थियो। त्यसयता आत्सु बेपत्ता थिए। हातेमा रहेका उनका एजेन्ट नाना सेचेरेले शनिबार ट्वीटरमार्फत यको पुष्टि गरेका हुन्।

‘यो अत्यन्तै गहिरो हृदयका साथ मैले सबै शुभचिन्तकहरूलाई भन्नै पर्छ, दुस्खका साथ क्रिश्चियन एत्सुको शव आज बिहान फेला परेको छ’, उनले भनेका छन्।

उनले मृतकको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै यस दुःखको घडीमा सबैलाई धैर्यधारण गर्ने शक्ति भगवानले दिउन् भन्ने कामना गरेका छन्।

यसैबीच घाना फुटबल संघले करिब दुई साताको भावनात्मक यातनापछि शनिबार बिहान अत्सुको शव फेला पारेको जनाएको छ।

घानाको विदेश मन्त्रालयका अनुसार अत्सुको शव फेला पर्दा उनका जेठा भाइ र जुम्ल्याहा बहिनी घटनास्थलमै थिए। अत्सुको शवलाई अन्तिम संस्कारका लागि शनिबार घाना लगिएको थियो।

३१ वर्षीय विंगर आत्सु यसै सिजन टर्कीस क्लब हटाइस्पोरमा आबद्ध भएका थिए। आत्सुले इङ्लिस प्रिमियर लिग क्लब चेल्सी, एभर्टन र न्युक्यासल जस्ता क्लबहरुबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।

गत साता हटाइस्पोरका प्रशिक्षक भोल्कान डेमिरेलले आत्सुको खोजी कार्य भइरहेको जानकारी दिएका थिए। भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार नाघिसकेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>