चितवन विशेष

‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’को पहिलो इपिसोड आज साँझ ७ः३० देखि

Banner

चितवन, फागुन ६–

पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को पहिलो इपिसोड आजदेखि प्रशारण हुँदैछ ।

आज (शनिबार) साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा एकसाथ प्रशारण हुन लागेको हो । क्वीजको समुद्घाटन सत्र शुक्रबार साँझ प्रशारण गरिएको थियो । पहिलो इपिसोडमा बछौली माध्यमिक विद्यालय रत्ननगर, प्रेमबस्ती माध्यमिक विद्यालय भरतपुर र बालकुमारी माध्यमिक विद्यालय नारायणगढबीच प्रतिस्पर्धा हुँदैछ ।

नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ । यस क्वीज कार्यक्रम करिव दुई महिनासम्म प्रशारण हुनेछ । हरेक साताको बिहीबार, शुक्रबार र शनिबार साँझ ७ः३० बजेदेखि क्वीज प्रशारण हुने आयोजक नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्सका अध्यक्ष राजु चौधरीले जानकारी दिए । प्रत्येक इपिसोडबाट एक टिम सेमीफाइनल राउण्डमा प्रवेश गर्नेछ ।

चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्सका निर्देशक कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।

प्रतियोगिताको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै यस खाले प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व विकासमा थप टेवा पुग्ने बताए । हाजिरीजवाफ प्रतियोगितामा सोधिने प्रश्नले जीवनका हरेक मोडमा काम लाग्ने भन्दै अझ सरकारी सेवा प्रवेशका लागि झनै महत्वपूर्ण रहेको बताए । उनले भरतपुर महानगरपालिकाले शिक्षाको क्षेत्रमा उल्लेखीय सुधार ल्याइरहेको भन्दै यस खाले कार्यक्रमहरुलाई थप प्रोत्साहन गरिने बताए । ‘अतिरिक्त क्रियाकलापहरुमा महानगरले धेरै नै प्रोत्साहन गरिरहेको छ, खेलकुदलगायत यस खाले कार्यक्रमहरुलाई अगाडि बढाउँदै लगेका छौं’–उपप्रमुख अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का केन्द्रीय सदस्य भुपेन्द्र धितालले यस खाले कार्यक्रम विद्यार्थीको सिकाईका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले यस कार्यक्रममा हिसानले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिए ।

यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारीले विगतका वर्षहरुमा नै एक्सपर्टले विद्यार्थीको सिकाईको महत्वपूर्ण रहेको क्वीज कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रम गर्ने कार्यक्रममा क्वीज, स्पिकिङ, खेलकुदलगायतका कार्यक्रमलाई अघि बढाएको बताए । उनले आगामि दिनमा यसखाले कार्यक्रममा सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा प्रेमबस्ती माध्यमिक विद्यालयका शिक्षक नवराज सापकोटाले विद्यार्थीहरुलाई सिक्ने र सिकाउने क्रममा यस कार्यक्रम महत्वपूर्ण रहने बताए । कार्यक्रममा इभेन्ट्सका निर्देशक कृष्ण आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै यस कार्यक्रमबाट चितवनका विद्यार्थीहरुले मात्र नभई देशभरका विद्यार्थीले ज्ञान प्राप्त गर्न सक्ने बताए । कालिका टेलिभिजन र नारायणी टिभी युट्युव च्यालनबाट कार्यक्रम प्रशारण हुने भएकाले देशभरका विद्यार्थीहरुले सहजै ज्ञान हासिल गर्न सक्ने र धेरैलाई सिक्ने अवसर मिल्ने बताए । उनले यस प्रतियोगिता चितवनकै ठूलो भएकाले आगामि दिनमा अझै उत्कृष्ट बनाउँदै लैजाने बताए । कार्यक्रम इभेन्ट्सका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ (एएसए)ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर र जापानको साथी म्याक्स वे इन्टरनेशनल भरतपुर रहेको छ ।

यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ रहेका छन् । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>