मनोरञ्जन

दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक

Banner

फाल्गुन ६- 

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र छ्क्का पन्जा ४ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपक राज गिरीलाई राजनीति गर्ने कुशल खेलाडीको रुपमा देखाएको छ भने केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । उता बुद्धि तामाङ (हैट)लाई एउटा बेरोजगारी युवाको रुपमा ट्रेलरमा देख्न सकिन्छ ।

सुन्दरी र कुशल अभिनय गर्न सिपालु अभिनेत्री बेनिशा हमाल एक पत्रकारको भूमिकामा देखीएकी छिन । उनी सुरुमा पत्रकारको रुपमा देखिएपनि पछि दिपक राज गिरीकी प्रेमिकाको रुपमा देख्न सकिन्छ । ट्रेलरमा केही सिन यस्ता छन जहाँ दिपक राज गिरी र बेनिशा हमालको लभस्टोरी झल्किए छ । अभिनेता निर शाह पनि कुनै एक दलको प्रमुखको रुपमा प्रस्तुत छन भने अभिनेत्री दिपा श्री निरौलाको भूमिकालाई खासै खुलाएको छैन् ।

ट्रेलरमा हामीले अन्य कलाकारहरु जस्तै निर्मल शर्मा ९गैँडा०, राज आचार्य, अनुराग कुवर, मलिना जोशी लाई पनि देख्न सक्छौँ तर यो नै भूमिका हो भनेर ठोकुवा भने गर्न सक्दैनौं ।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपक राज गिरीको लेखन नरेन्द्र मैनालीको छायांकन कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ ।

आमा सरस्वती मुभिज र आइएमइको प्रस्तुती रहेको चलचित्रमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्मातामा रहेका छ्न भने दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>