Breaking News

प्रचण्डले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो, एमाले माग्न गएको होइनः योगेश भट्टराई

Banner

 सुर्खेत, फागुन ६-

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् ।

प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’

उनले चुनावी गठबन्धन एमालेको कारणले नभइ आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘१० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, तर माओवादीले नमान्ने भन्ने हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>