Breaking News

दुर्गा प्रसाईलाई कारबाही गर्न केन्द्रमा सिफारिस, पार्टीबाटै निश्कासन गर्नुपर्ने माग

Banner

काठमाडौँ, फागुन ६–

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए।

‘केन्द्रीय कमिटी सदस्य भएकाले हामीले यहाँबाट कारबाही गर्न मिलेन, त्यसैले केन्द्रमा सिफारिस गरेका छौ।’

केही समयदेखि एमाले विरोधी गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको गौतमले जानकारी दिए।

एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>