मनोरञ्जन

करिष्माको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम माथि अनुसन्धान गर्न चार दिन म्याद थप

Banner

काठमाडौँ, फागुन ५-

कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। तीनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय खनाललाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको थियो।

आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>