मनोरञ्जन

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ चैत १० मा रिलिज हुने

Banner

काठमाडौं, फागुन ५

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको हो ।

यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका यस फिल्म लभस्टोरी, थ्रिलर र कमेडी जनरामा छ । फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायत अभिनय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>