Breaking News

पोखरा जहाज दुर्घटना रिपोर्ट : १४ सेकेन्डअघि मात्र फ्लाइट कमाण्ड परिवर्तन

Banner

काठमाडौँ, फागुन ४–

गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघि मात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ । दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘जहाज दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा बसेका छन्। जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ ।

यद्यपि, जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । जसका कारण इन्जिनले काम गर्न नसक्दा सेती खोचमा झर्न पुगेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ । तर, त्यसदिन वातावरण सफा रहेको समेत जाँज बुझ समितिले प्रतिवेदनमा भनेको छ ।

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । जहाज लेन्डिङ हुन करिब १ मिनेट अघि मात्र दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका पूर्णपाठ

aircraft accident investigation report

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>