मनोरञ्जन
छुटे कलाकार पवन खतिवडा
०

विराटनगर, फागुन ३-
मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा हिरासतबाट छुटेका छन्। बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए।
‘सामान्य विवाद भएको थियो। अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ उनले भने। मंगलबार राति बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























