चितवन विशेष

भरतपुरमा महिला हिंसा तथा आत्मारक्षा कला तालिम

Banner

चितवन, फागुन ३–

भरतपुरमा महिला हिंसा तथा आत्मारक्षा कला तालिम सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका वडा ३ को आयोजनामा भएको तीन दिने तालिममा वडा भित्र भएका महिलाहरुलाइ नैतिकवान र चरित्रवान बनाउने उद्वेश्यका साथ तालिम आयोजना गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगर उप–प्रमुख चित्रसेन अधिकारीले महिलाहरु अब समाजमा एक्लै लड्न सक्ने गरि साहसी भएको बताउनु भएको छ ।

‘भरतपुर–३ का महिलाहरुले आफूलाई परि आएको खण्डमा आफ्नो प्रतिरक्षा आफै गर्न सक्ने भएका छन्’ उप–प्रमुख अधिकारीले भन्नूभयो ।

यस्ता खालका तालिमहरुले महिलाहरुमा आत्म बिश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने उप–प्रमुख अधिकारीको भनाई थियो ।
समापन कार्यक्रममा वडा अध्यक्ष विकास थापाले यस्ता खालका तालिमहरु आगामी दिनहरुमा पनि क्रमशः गर्दै जाने बनाएको बताउनुभयो ।

तालिममा २२ वटा टोल र ११ वटा आमा समूहबाट छनौट भएर आएका १५० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार, वडा सदस्य कमलादेवि बोलखे, रामबहादुर लोहनी, माधब अर्याल, सहभागीहरुको तर्फबाट फुलमाया थापा मगर लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>