मनोरञ्जन
रवीना देशराजले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं, फागुन ३-
सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी छन्। प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा उनले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्।
प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’ स्टुआर्टले पनि ुउनले हुन्छ भनिन्ु भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्।
केही समयअघि रवीना र स्टुआर्टले आफूहरू प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेका थिए। स्टुआर्ट बेलायती नागरिक हुन्।
रवीनाले मेगा बैंकबाट राजीनामा दिएकी हुन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्। रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन्।
























