मकवानपुर

मकवानपुरबाट १५८ किलो गाँजा बरामद, ट्रकका चालक फरार

Banner

हेटौंडा,फागुन ३-

मकवानपुरको मनहरी-९ ज्यामिरेमा रोकिराखेको ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलीले रोकिराखेको ना. ६ ख ४५२० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनबाट १ सय ५८ किलो (१२) वटा पोकामा गाँजा बरामद गरेको हो ।

प्रहरीले ट्रकको चालक र सहचालकको खोजी गर्नेक्रममा गएराति नै सोही स्थाननजिकैबाट थाहा नगरपालिका-३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर, गाँजा कहाँ लगिएको खुलेको छैन । ट्रकका चालक फरार रहेको र खोजी भइरहेको डीएसपी कार्कीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>