चितवन विशेष

चितवनमा भएको २०६ सवारी दुर्घटनामा ४६ जनाको ज्यान गयो

Banner

निरुता विक

चितवन, फागुन २

बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ ।

राजमार्ग मर्मत् निर्माण, साँघुरो सडक र अत्यधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७७\७८)मा जिल्लामा ४३५ वटा सवारीसाधन दुर्घटना हुँदा १२८ जनाकोे मृत्यु थियो । जसमा पुरुष १०१ जना, महिला २२ जना, बालक दुई जना, बालिका तीन जना रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष (०७८\७९)मा ८१० दुर्घटनामा १४० को मृत्यभएको हो । जसमा मृत्यु हुनेमा १०६ पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । २६५ गम्भीर घाइते र ७०६ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले बताए ।  जसमा ७३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सात हजार ३२९ कागजपत्र साथमा नबोकेका, चार हजार ३२९ लाइसेन्स नभएका र एक हजार ४०० सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेको उनले बताए । यसमा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको उनले बताए ।

यस्तै आर्थिक वर्ष (०७९\८०) को माघ महिनासम्म २०३ दुर्घटनामा ४६ को मृत्यभएको हो । मृत्यु हुनेहरुमा ३७ पुरुष, ६ महिला, २ बालक र एक बालिका रहेका छन् । ११३ गम्भीर घाइते र २४० सामान्य घाइते भएको प्रमुख अधिकारीले बताए । यस चालु आर्थिक वर्ष सकिन अझै ६ महिना बाँकी रहेको छ । यो संख्या अझै बढ्ने देखिएको छ । हरेक वर्ष यो तथ्यांक बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । आर्थिक वर्ष (०७८\७९) मा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधन दुर्घटनामा परेका छन् । यस्तै आव (०७९\८०) को माघ सम्ममा सबैभन्दा बढी १५३ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै मोटरसाइकल ५४, ट्रक र ट्याङ्कर ३८, जिप र कार ४६, माइक्रो ७, टेम्पो अटो रिक्सा १०, बस १७ , ट्याक्टर ४, ट्रिपर ४ र अन्य ८ दुर्घटना भएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने नरोकिएको उनले बताए । उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौडने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ । ’

कार्यालयले आव (०७७\०७८) मा तीन करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको थियो । आव (०७८\७९) मा ३३ हजार ७२८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार ५०० राजश्व संकलन गरेको थियो भने यस आवको माघ सम्ममा यी दुर्घटनाहरुमा ५५ हजार ७२७ सवारीसाधनलाई कारबाही गरी एक करोड ९४ लाख ८६ हजार ५०० राजश्व संकलन गरेको छ ।

चितवन हुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक गएका छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् । चितवनमा राजमार्ग क्षेत्र ९३.३९ किलोमिटर छ । यसबाहेक अन्य सडक दुई हजार १८३ किलोमिटर छ । जिल्ला ट्राफिक कार्यालयमा दरबन्दी नै कम छ । अहिले जम्मा ७३ जनामात्रैं ट्राफिक कार्यरत छन् । ट्राफिक प्रहरीको जनशक्ति सवारी चाप, राजमार्ग र सडकको लम्वाईका आधारमा एक सयभन्दा बढी भए सहज हुने ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>