मनोरञ्जन

भ्यालेन्टाइन डेको शुभकामना दिंदै रेखाले भनिन्: जित्नेको प्रेम अमर भयो हार्नेको प्रेम पाप भयो

Banner

काठमाडौं,फागुन २-

आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु प्रणय दिवसमा रमाइरहेका छन् ।

सेलिब्रटीहरुले पनि सामाजिक सञ्जालमार्फत प्रणय दिवसको शुभकामना प्रकट गरिरहेका छन् । अभिनेत्री रेखा थापाले प्रेम इतिहासमा सांकेतिक कला बन्यो भन्दै प्रणय दिवसको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रेमीहरु यो संसारमा सबैभन्दा बढी दण्डित रहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रेमीहरु यो दुनियाँमा सबैभन्दा बढी दण्डित छन्, किनकि इतिहासमा प्रेम सांकेतिक कला बन्यो । जित्नेको प्रेम अमर भयो, हार्नेको प्रेम पाप भयो । तर प्रेम पवित्र छ, प्रेम जीवनशक्ति भएर हामीलाई जोडिराख्ने छ ।’

उनको फेसबुक स्टाटस:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>