मनोरञ्जन

पिँजडाको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेकी सुरक्षा पन्त

Banner

काठमाडौँ, फागुन २- 

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिनुभएको छ । “जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ । खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, फोटोपत्रकार कँडेलले भन्नुभयो, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।”

अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गर्नुभएको छ ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>