मनोरञ्जन

‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले गरे ‘कबड्डी ५’ मा खेल्ने चाहना

Banner

काठमाडौ, फागुन १-

अभिनेता अनमोल केसीले ‘कबड्डी ५’ खेल्ने चाहना व्यक्त गरेका छन् । निर्देशक रामबाबु गुरुङले आफूलाई फिट देखे उक्त श्रृंखलामा जोडिन तयार रहेको उनले बताए ।

दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्समा आयोजित ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले ‘कबड्डी’ आफ्नो मनपर्ने फिल्म समेत भएको बताए ।

अनमोलले पूरै समय बसेर कबड्डी ४ हेरे । यो फिल्म हेर्न उनलाई अभिनेत्री उपासना सिंह ठकुरीले पनि साथ दिएकी थिइन् । उपासनाले कबड्डी ३ मा अभिनय गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>