Breaking News

आज बस्ने रास्वपा बैठकले चितवन-२ मा हुने उपनिर्वाचनका लागि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने

Banner

काठमाडौं, फागुन १-

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ। दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय समिति विस्तारबारे छलफल हुनेछ।

आजको बैठकमा रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ। सभापति रवि लामिछानेले फेरि उम्मेदवार बन्न आफू पार्टीको प्राइमरी इलेक्सनमा सहभागी हुने बताएका छन्।

उक्त क्षेत्रमा यसअघि पार्टी सभापति लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन गर्दैछ।

अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए। आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>