Breaking News

ढिलै भए पनि सार्वजनिक बिदापछि ‘जनयुद्ध दिवस’ ले वैधानिकता पायो: प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, फागुन १-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित भएको बताए।

‘वैधानिक तवरबाट स्थतापित गरिनुपर्थ्यो। ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन बिदा दिने निर्णय गरियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा ऐतिहासिक हो। परिवर्तनन ल्याउने प्रमुख आन्दोलन र औचित्य सिद्ध गर्नुका निम्ति ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको मन्त्रिपरिषदबाट यो निर्णय गरेको हुँ। अब यो माओवादीको मात्र भएन, नेपाल राष्ट्रकै सम्पती बन्न पुग्यो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>