Breaking News

चितवन-२ मा मै हुँ उम्मेदवार, उपनिर्वाचनमा जित्छुः उमेश श्रेष्ठ

Banner

चितवन,माघ २९-

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । यसका लागि पार्टीको निर्णय पनि कुर्ने नेता श्रेष्ठ बताउँछन् । निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसलया गर्यो । रिक्त भएको स्थानमा उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता श्रेष्ठले आफू तयारीमा जुट्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले निर्णय गर्यो । मैले आफूलाई विजयी घोषित गरियोस् भन्ने माग पनि राखेको छु’ श्रेष्ठले भने, ‘जे गर्न परे पनि गर्छु । तर, चितवन २ मा फेरि पनि मै हुँ उम्मेदवार । पार्टीको निर्णय पनि कुर्छु ।’ उम्मेदवार बनेभने चुनाव जित्छु । नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन दिएका थिए । उनको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>