Breaking News

चैत २० मा उम्मेदवारी दर्ता, यस्तो छ चितवन २ मा उपनिर्वाचनको कार्यतालिका

Banner

चितवन, माघ २९–

पद रिक्त रहेको कारण प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ मा आउँदो २०८० वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

जसअनुसार आउँदो चैत २० गते उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ मा मनोयनपत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । त्यसैगरि चैत २३ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्नेछ । भोलि (फागुन १ गते)देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । गत मंसिर ४ गते भएको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता खारेज गरेसंगै उनको सांसद पद समेत खारेज भएको थियो ।

सोही अनुरुप रिक्त रहेको उक्त पदमा निर्वाचनबाट नै पदपुर्ति गर्न सकिने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>