Breaking News

सत्ता गठबन्धनमा लामिछानेको मागः चितवन-२ को उपनिर्वाचन मिति छिटो तोकियोस्

Banner

चितवन,माघ २९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन-२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।

चितवन-२ मा समयमै उपनिर्वाचन होस् भनेर मैले भनेको छु । समयमै उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्, उपनिर्वाचनमा जानुपर्ने मलाई आइलाग्या छ भनेको छु, बैठकपछि लामिछानेले इकान्तिपुरसँग भने, ुनिर्वाचन छिटोभन्दा छिटो हुनुपर्‍यो भन्ने कुरा मैले राखेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग कुरा गरेको छु चाँडै नै मिति तोकिन्छ ढुक्क हुनुस् भनेर मलाई आश्वस्त पार्नुभएको छ ।

चितवन २ बाट मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित भएका थिए । उनको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको थियो । लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>