Breaking News

रास्वपलाई चाँडै सरकारमा ल्याउन केही प्राविधिक विषयहरू मिलाउनुर्छः लिङदेन

Banner

काठमाडौं, माघ २९-

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा पत्रकारले गरेको प्रश्नमा उनले भने ‘यसबारे सकारात्मक छलफल भएको छ र चाँडै रास्वप सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ ।’

त्यस्तै उनले भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको प्रष्ट्याए । यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको भन्दै बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>