Breaking News

राष्ट्रियसभामा कांग्रेसलाई भोट दिएर अन्तर्घात गरेको उजुरीपछि माओवादी मन्त्रीको राजीनामा

Banner

दाङ, माघ २८–

माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् ।

केसीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘कृष्णा कमरेडले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो । छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।’

उनले कृष्णालाई थप कारबाहीका लागि पार्टी हेड क्वाटरमा सिफारिस गर्ने समेत बताए । माओवादी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले आफू बैठकमा भएकाले प्रतिक्रिया दिन नमिल्ने बताए । माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै मोबाइल स्वीच अफर गरेकी छन् । उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>