चितवन विशेष

चितवन रेडक्रस पारदर्शी बन्न सरोकारवालाहरुको सुझाव

Banner

चितवन, माघ २८-

नेपाल रेडक्रमस सोसाइटी चितवनले बिगतमा गरेका कामहरुको समीक्षा गर्दै पारदर्शी बन्दै अगाडि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी चितवनको नारायणगढमा सम्पन्न ५१ औ वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले रेडक्रस जस्तो सामाजिक संस्थानै पारदर्शी बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रस जस्तो गरिमा बोकेको सस्थालाई गतिशिल र पारदर्शी बनाउन आबश्यक रहेको बताएका छन् । उपप्रमुख अधिकारीले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए÷नभएको समीक्षा गर्दै अगाडि बढनुपर्ने समय आएको उल्लेख गरे ।

अधिकारीले समाजमा नेपाल रेडक्रसले गरेका कार्यहरु प्रशंसनीय रहेको प्रष्ट पारे । साथै उनले विभिन्न आपत्कालीन अवस्थामा रेडक्रसकर्मीले पु¥याएको सेवाको उच्च प्रशंसा गर्दै रेडक्रसलाई अगाडि बढाउने कार्यमा सहयोग गर्न स्थानीय सरकार सधैं तयार रहेको विचार राखे । उनले ३ पटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन निरन्तर क्रियाशिल रहनुपर्ने विचार राखे ।

नेपाल रेडक्रस सोसाइटीको स्थापना २०२० भाद्र १९ गते भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले बर्सेनि औषत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएका छन् ।

मानवीय सेवामा अग्रणी संस्थाको रुपमा स्थापित नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला उप सभापति रत्नप्रसाद सापकोटा, चितवन उद्योग सघका अध्यक्ष त्रिलोचन कँडेल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले मन्तव्य राखेका थिए । रेडक्रस जस्तो सामाजिक संस्थाभित्र पनि बेथिति मौलाएको भन्दै जनस्तरमा चर्काे आलोचना हुँदै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>