Breaking News

सौराहामा होटलको सेफ्टी ट्याङ्कीमा खसेको गैँडाको उद्धार

Banner

चितवन, माघ २८–

चितवन राष्ट्रिय निकुञ्जबाट सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेफ्टी ट्याङ्कीमा खसेको अवस्थामा उद्धार गरिएको छ ।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टी ट्याङ्कीमा खसेको थियो । आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिई गैँडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टी ट्याङ्कीमा फसेको हो ।

यसअघि चार वर्ष अघि २०७५ चैतमा पनि भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर एउटा गैँडा मरेको थियो । निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्याङ्कीको ढकनी कमजोर भएका कारण गैँडा ट्याङ्कीमा खसेको थियो । अन्दाजी २५ वर्षको पोथी गैँडा ट्याङ्कीमा खसेको थियो । बाहिर निस्कन नसकेपछि निस्सासिएर गैँडा मरेको थियो । सो गैँडा झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>