मनोरञ्जन

भ्यालेन्टाइन सप्ताह: प्रेमिल बनेको शहर, तस्विरहरू

Banner

काठमाडौं,माघ २८-

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे. प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ।

विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन। समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो। जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ?

प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरूसँग हुन्छ, आफना प्रियजनहरूसँग पनि हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ। प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौँ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन्। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ। यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ। काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रुपमा मनाइँदै
छ। काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रुपमा मनाइँदै छ। ७ फेब्रुअरीबाट सुरू भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो। आज प्रेमीहरू एकअर्काबीचमा वाचा बन्धनहरू खाने गर्दछन्। भ्यालेन्टाइन डे इटालीको रोमबाट सुरू भएको मानिन्छ। तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ
भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे।

सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लघंन गरेका थिए। एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लघंन गरेको कुरा सम्राटलाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए। उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो। नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक सुरू भएको छ। प्रेमिल जोडीहरूले काठमाडौं धपक्क बलेको छ। एजेन्सी

तस्वीरहरू

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>