मनोरञ्जन
‘बिगबोस’ सिजन-१६ प्रियंकाले जित्ने अनुमान

काठमाडौं, माघ २७-
‘बिग बोस १६’मा ग्रान्ड फिनालेको अन्तिम साता चल्दैछ । शोका उत्कृष्ट पाँच फाइनलमा शालीन भानोट, एमसी स्टान, प्रियंका चाहर चौधरी, शिव ठाकरे र अर्चना गौतम छन् । अब यी पाँचमध्ये १६ औं सिजनको ट्रफी कसले जित्ला ? यो जान्नको लागि फेब्रुअरी १२ सम्म कुर्नुपर्नेछ । आगामी आइतबारको ग्राण्ड फिनालेमा बिगबोसले नयाँ विजेता प्राप्त गर्नेछ । तर, प्रियंका चाहर चौधरीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान भैरहेका छन् ।
दर्शक भन्छनः प्रियंका मात्र बिग बोस १६ की विजेता हुन सक्छिन् । योसँगै धेरै सेलेब्सले ट्रफीसँग प्रियंकाको तस्बिर सेयर गर्दै उनले जित्ने बताइरहेका छन् । यस मामिलामा अर्को पक्ष के हो भने केहीले प्रियंकालाई लिएर आपत्ति पनि जनाएका छन् । फ्यानले प्रियंकाको जित निश्चित भएको दावी गरिरहेका छन् । उनी कलर्सको अनुहार भएकाले पनि निर्माताले जिताउन सक्ने अड्कलबाजी फ्यानको छ ।
























