मनोरञ्जन

श्रीदेवीको जीवनी प्रकाशन गर्दै बोनी कपूर, पुस्तकको नाम ‘द लाइफ अफ ए लिजेन्ड’ राखिने

Banner

काठमाडौं, माघ २७-

अभिनेत्री श्रीदेवीको जीवनी प्रकाशन हुने भएको छ।

निर्माता बोनी कपुरले श्रीदेवीको जीवनी प्रकाशनको तयारी भइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा पुस्तकको नाम सार्वजनिक गर्दै प्रकाशनको घोषणा गरेका हुन्। उनका अनुसार पुस्तकको नाम ‘द लाइफ अफ ए लिजेन्ड’ राखिनेछ।

‘श्रीदेवी प्रकृतिको शक्ति थिइन्। उनी आफ्नो कला पर्दामा आफ्ना फ्यानहरूलाई देखाउन पाउँदा खुशी हुन्थिन् तर व्यक्तिगत जीवनमा लजालु थिइन्,’ उनले लेखेका छन्।

भारतीय सञ्चार माध्यम कोइमोइका अनुसार पुस्तकको लेखन श्रीदेवीको पारिवारिक सदस्य धिरज कुमारले लेखेका हुन्।

सन् २०१८ मा उनको हृदयघातका कारण मृत्यु भएको थियो। उनी ५४ वर्षकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>