Breaking News

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ गठबन्धनका तीन दल भने उपस्थित भएनन्

Banner

काठमाडौं, माघ २७-

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सत्तारुढ गठबन्धनका तीन सहयात्री दल भने उपस्थित छैनन् ।

एमाले अध्यक्ष केपी ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन् ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार यादव अहिले जनकपुरबाट काठमाडौं फर्किँदै छन् । उनी आइपुग्दासम्म बैठक सकिएन भने सहभागी हुने सुमनले जानकारी दिए । यस्तै, जनमत पार्टी सचिवालयका अनुसार सीके राउत उपत्यका बाहिर छन् । नागरिक उन्मुक्तिकी श्रेष्ठले आफू डिल्लीबजार कारागारमा रहेको बताइन् ।

नागरिक उन्मुक्ति यसअघि पनि संयन्त्रको बैठकमा गएको थिएन । सो पार्टीले हिजो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि सरकार ढलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>