Breaking News

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार

Banner

काठमाडौं,माघ १६-

मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार १ महिनामै ढलेको छ । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा रहेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको हो ।

संसदमा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदमा उपस्थित नै नभएपछि प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्री रावलले विश्वासको मत माग्दै राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रदेश सभाका सभामुख भीम भण्डारीले प्रस्ताव सुनाएलगत्तै सत्तापक्षका सांसदले मत विभाजन गर्न माग गरेका थिए तर छलफल गर्ने प्रस्तावमा मत विभाजन गराउने नियमावलीमा व्यवस्था नभएको भन्दै मत विभाजन गराएनन् । प्रदेश सरकार ढलेसँगै प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>