मनोरञ्जन

अभिनेता प्रदीप खड्का मुम्बई पुगेर गरे ग्रहशान्ति पूजा

Banner

काठमाडौं, माघ २६-

निर्माताले फिल्म ‘क्यामिनो’को प्रमुख भूमिकामा प्रदीप खड्का हुने भनेर टिजर पोस्टर सार्वजनिक गरेपनि अभिनेता खड्का स्वयं यसबारे मौनजस्तै थिए । उनले सामाजिक सञ्जालमा समेत यसबारे केही उल्लेख गरेका थिएनन् ।

फिल्म साइन गरेर केही साइनिङ अमाउन्ट लिएपनि प्रदीपले खुलेर फिल्मबारे औपचारिक जानकारी दिएका थिएनन् । तर बिहीबार क्यामिनोको टिजर पोस्टर सार्वजनिक गर्दै प्रदीपले औपचारिक रुपमा आफूले प्रोजेक्ट गर्न लागेको घोषणा गरेका छन् ।

इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गरेका छन् । यो फिल्मबारे जानकारी दिनुअघि प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरे ।

‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ,’ फिल्म क्यामिनोको औपचारिक घोषणाअघि गरिएको ग्रहशान्ति पूजाको भिडियो सार्वजनिक गर्दै उनले भने । निकट स्रोतका अनुसार प्रदीपकै सुझावका फिल्मको स्क्रिप्टमा केही हेरफेर पनि भएको छ ।

‘रोल्पा रोग’, ‘कृष्णलीला’ फेम्ड दीपक वलीले निर्देशन गर्ने यो फिल्मलाई ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी छ । दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ हुने तयारी छ । नायिकामा वर्षा सिवाकोटी तय भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>