समाज

कलाकार पदमप्रसाद पौडेलको निधन

Banner

काठमाडौं,माघ २४-

कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । अन्तिम संस्कारमा सबै कलाकारलाई उपस्थित हुन भनिएको अध्यक्ष खड्काले जानकारी दिए ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाएका छन् । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उनले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनले अभिनय गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>