मकवानपुर

बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त

Banner

हेटौंडा, माघ २४-

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बर्दियामा जन्मिएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्छन् । उनी जनसंख्या र बुढ्यौलीविद् हुन् ।

हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>