Breaking News

रविप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने: सञ्चार र न्यायालयमाथि कसैको धम्की स्वीकार्य हुँदैन

Banner

चितवन, माघ २३-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सञ्चार क्षेत्रमाथि दिएको टिप्पणीप्रति नेता कोइरालाले प्रतिक्रिया दिएका हुन् ।

ओली र लामिछानेले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै डा. कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

नेता कोइरालाले रवि लामिछानेको सांसद पद खारेज भएर रिक्त रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>