मनोरञ्जन

‘पठान’ बन्यो सबभन्दा छिटो ४ सय करोड भारू कमाउने हिन्दी फिल्म

Banner

काठमाडौं, माघ २३-

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘पठान’ सबभन्दा छिटो ४ सय करोड भारू कमाउने हिन्दी फिल्म बनेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतीय बक्स अफिसमा १२ दिनमा ४ सय करोड भारू कमाएको हो। भारतमा फिल्मले ४०१ करोड ४० लाख भारू कमाएको छ।

४ सय करोड कमाउन ‘बाहुबली २’ को हिन्दी संस्करणलाई १५ दिन लागेको थियो भने ‘केजिएफ २’ को हिन्दी संस्करणलाई २३ दिन लागेको थियो।

फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो व्यापार गरिरहेको छ। तर नेपालको कमाइ सार्वजनिक भइसकेको छैन। फिल्मले नेपाली बक्स अफिसमा १ सातामा ६ करोड कमाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>