Breaking News

निलम्बित सांसद चौधरीलाई धरौटीमा रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ

Banner

कैलाली, माघ २३-

कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको हो ।

यता चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको बताएका छन् । हिजो उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो ।

अरुण चौधरीलाई रिहाइको माग गर्दै गजेन्द्र केसी, गम्भीर सिंह ऐरले र सरोज बुढाथोकीले बहस गर्ने छन् । जिल्ला अदालतले प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाइको मौका नदिएको उनीहरुको आरोप छ ।

चौधरीलाई १९ माघमा प्रहरीले बाँकेबाट पक्राउ गरेर २० गते जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>