Breaking News

रविको बचाउ गर्दै ओलीले भनेः रवि फुत्त संसद् छिरेको होइन

Banner

काठमाडौं, माघ २२–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ?’ उनले भने, “निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?’ उनले अदालतको फैसलाले कसलाई न्याय भयो भन्दै आपत्ति जनाएका छन् ।
‘फैसलाले न्याय भयो कि भएन ? लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? फैसलामा कसले पायो न्याय ? यसको जानकारी चाहिँदैन ?’ ओलीले भने, ‘संस्था, व्यक्ति कि समुदाय ? बुझिनसक्नु खालको भयो । रवि लामिछानेसँग मेरो कुनै सम्बन्ध छैन । नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको पनि होइन । तर एउटा नागरिकको हैसियतले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म नागरिकता के हो ? नागरिकता के भयो ? मैले राम्रो बुझेको छैन । आइतबार बेलुका फेरि पुरानै मितिको पुरानै नागरिकता जारी छ ।’ उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए ।
‘कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ? ’ ओलीले भने, “किन यस्तो फैसला ? अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ । उमेदवार हुने अधिकार पनि त होला नि ? हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ ? त्यो बीचमा ? आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ? गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>