एथलेटिक्स

चितवनको माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुँदै

Banner

प्रतिमा कुमाल
चितवन, माघ २२–
चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको आज (आइतबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगिता फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । सातै प्रदेशका पुरुष तथा महिला खेलाडीहरुको बीचमा २६ वटा विधाहरुमा प्रतिस्पर्धा हुने संघका केन्द्रीय महासचिव धनवीर चौधरीले जानकारी दिए ।
प्रतियोगितामा देशभरका १३५ जना खेलाडीको सहभागिता रहने छ । अफिसियल, जुरी, मेडिकल र मार्सलसहित ४२ जना अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् । प्रतियोगिता अवधिभर २६ वटा स्वर्ण पदक, २६ वटा रजत पदक र २६ वटा काँस्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, द्धित्तीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । जुनियर नेश्नल रेकर्ड होल्डरलाई सात हजारको नगद राशीले सम्मान गरिने छ । खेलाडीहरुलाई खेल अवधिभर खाने, बस्ने र खेल पोशाकको व्यवस्थापन आयोजकले गर्ने मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार खले अवधिभरका उत्कृष्ठ एक महिला र उत्कृष्ठ एक पुरुषलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता वर्ड एथलेटिक्सको नियममा रहेर सञ्चालन हुँने मगरले बताउनुभयो । २० वर्ष ननाघेका खेलाडीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताले नव उदयीमान खेलाडीहरुको पहिचान, उजागर गरी अझ बढी सवल र सक्षम बनाउन सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
२७ लाख २ हजार ७२० लगतमा आयोजना हुन लागेको प्रतियोगिताले माडी नगरपालिकाको पर्यटन, पहिचानमा मुख्य भूमिका खेल्ने उप–मेयर खेमप्रसाद महतोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संकट कालमा माडीलाई पेट्रोलको कारणले परिचित बनाएको थियो । अब खेलका कारण नयाँ परिचयले चिन्ने र चिनाउने अवसर पाएका छौँ । प्रतियोगिताले यहाँको पर्यटन, व्यापार प्रवद्र्धन, प्रचारप्रसार र पहिचानमा ठूलो सहयोग पुग्ने देखेको छु ।’
यस भन्दा पहिला दोस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७४ पौषमा लुम्बिनी प्रदेशको बाँकेस्थित खजुरामा सञ्चालन भएको थियो । हरेक जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अलग–अलग प्रदेशमा सञ्चालन गरिने आयोजको भनाइ छ ।
यस्तो छ खेलको नियम
यस्तै प्रतियोगितामा भाग लिन चाहने खेलाडीले जन्मदर्ता र नेपाली नागरिकताको सकल प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ । सहभागी महिला तथा पुरुषले रिले बाहेक २ ट्रयाक, एक फिल्ड वा २ फिल्ड, एक ट्रयाक गरी तीन वटा इभेन्टहरुमा सहभागीता जनाउन सक्नेछन् । कुनै पनि सहभागी खेलाडी उपर शंका उपशंका भएको खण्डमा खेल सकिएको १ घण्टा भित्र प्रमाण सहित आयोजक उपर बिरोधपत्र दाखिल गर्दा ३ हजार सहित पेश गर्नुपर्ने छ । बिरोधपत्र सही ठहरिएमा आधा रकम फिर्ता हुनेछ । एक प्रदेशबाट २ जना खेलाडीले सहभागिता जनाउन सक्ने छन् । फागुन ४ गतेसम्म इभेन्ट अनुसारको खोडीहरुको नामावली पठाइसक्नुपर्नेछ । खेलाडीहरुको नाम फेरबदल गर्नुपरेमा एक दिन अगाडी टिम कोचहरुको टेक्नीकल मिटिङमा फेरबदल गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>